बैतडीका १२ स्थानमा ट्राफिक जाँच

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ ।

चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागी १ दर्जन बढी जाँचस्थल स्थापना जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक , सीमानाका झुलाघाट, महाकाली राजमार्ग , दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग , पाटन — पञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिईरहेको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् ।

छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ ।

यसैबिच बैतडी प्रहरीले नेपाल– भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रमा चाडपर्वको बेला चहलपहल बढी हुने भएकोले सीमानाका झुलाघाटमा चेकचाँजमा कडाई गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । सीमाक्षेत्रमा अपराधिक क्रियाकलाप तथा चहलपहल बढी भएको मौका छोपेर कुनै पनि अप्रिय घटना नहुँन भनेर नेपाल भित्रिने नागरिकलाई चेकजाँचमा कडाई गरेको जनाएको छ । यसका साथै प्रहरीले चाडपर्वलाई लक्षित गरेर बिषेश सुरक्षा योजना पनि लागु गरेको छ । दशै , तिहारको सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लामा ३४२ प्रहरी परिचालन गरेको छ ।

नागरिकले शान्त र सभ्य तरिकाले चार्डपर्व मनाउन पाउन भन्ने उदेश्यले प्रहरीले यो समयमा सोही संङख्यामा प्रहरी परिचालन गरेको हो । चाडपर्वको समयमा अप्रीय घट्ना धेरै हुन सक्ने भन्दै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार जिल्लामा ९ जनाको कमाण्ड पोष्ट बनाइएको छ ।

यस्तै पैदल गस्ती , राजमार्ग गस्ती , मोवाईल गस्ती , क्यूआरटी गस्ती पनि प्रहरीले गरिरहेको छ । जिल्लाको गोठालापानी र शाहीलेक बजारमा पीकेटहरु पनि प्रहरीले परिचालन गरेको छ । साधा पोशाकका प्रहरीहरु पनि जिल्लामा खटीएका छन् । जिल्लाका सम्पूर्ण प्रहरी चौकीका प्रहरीहरु पनि २ जना कार्यालयमा रहने गरि अन्य गस्तीमा खटीएका छन् ।

यस्तै झुलाघाट र कुस्मतघाटमा हेल्थ डेक्समा पनि प्रहरी खटीएको प्रहरी प्रमुख गिरीले बताए । जिल्लाको दुई ठाउँ गोठालापानी र खोड्पे बजारमा प्रहरीले दशै तिहारलाई मध्ययनजर गर्दै नागरिक सहायता कक्षको स्थापन पनि गरेको छ । जिल्लाको जनशक्त्तीले नपुगे पछि ईलाका प्रहरी कार्यालय पाटनमा प्रदेश कार्यालयबाट १० जना प्रहरी ल्याईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।