विमल बिष्ट, डोटी ।
जंगली जनावरलाई थापेको पासोमा परि डोटीको शिखर नगरपालिका वडा न ३ मुडभारा बस्ने बर्ष ४५ को तारी जोरा गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पासोमा परी गम्भिर घाईते भएका जोरालाई उपचारका लागि भारत तर्फ पठाईएको छ । डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले पासो थाप्ने सोही ठाउका कटी जोरा रहेको भन्ने बुझिएकाले त्यसतर्फ थप अनुसन्धानका लागि प्रहरी टोली पठाएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘अनुसन्धानका लागि प्रहरी टोली पठाएका छौ,बिस्तृत बिबरण पासो थाप्ने बाट बुझिने छ ।’ पछिल्लो समय डोटीमा जंगलि जनावर मार्ने क्रम बढेको स्थानियबासीको आरोप छ । जंगलि जनाबरलाई मार्नु कानुन विपरित भए पनि लुकि छिपि चोरि सिकारी गर्नेहरुको संख्या बढेको बताईएको छ ।











प्रतिक्रिया