यमलाल भुसाल, बुटवल ।
चाड पर्वमा हुने चोरी, लागुऔषध लगाएतका अपराधीक क्रिर्याकलाप नियन्त्रणका लागि रुपन्देही प्रहरीले नागरिकको घर दैलो अभियान संचालन गरेको छ ।
प्रहरीले नागरिकको घर दैलो अयिानमा लागु औषधका सेवन कर्ताको पहिचान गरी उनिहरुलाई सचेतना गराउने, र चाडपर्वको समयमा हुने चोरी नियन्त्रणका लागि नागरिकहरु आफै चनाखो हुनु पर्ने उपाएका बारेमा जानकारी गराउने लक्ष्य लिएको प्रहरी निरिक्षक होम बहादुर केसीले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाको डाईवर टोलमा रहेको प्रहरी चौकीवाट नागरिकको घरदैलो अभियान सोमवारवाट शुरु गरिएको हो ।
प्रहरीले गाडीमा माईकिङ गदै चोरी र लागु औषध विरुद्धका नारा सहित नागरिकको घर दैलोमा जाने अभियानको थालनी गरेको छ भन्दै प्रहरी निरिक्षक केसीले यो अभियानलाई बडा दशैं र दीपावली नसिद्धिदाँ सम्म निरन्त्रर लागु गरिने बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाको डाईवर टोलमा रहेको प्रहरी चौकीवाट अभियानको शुरु गरिएको भएतापनि यसलाई जिल्ला भरी नै लागु गरिेने प्रहरीले जनाएको छ ।
घर दैलो अभियानलाई प्रभावकारी वनाउन स्थानिय सरकार, संघ सस्था, राजनैतिक दलहरु र आमा समुहहरुको सक्रिय सहभागिता हुनु पर्ने डाईवर टोल प्रहरी चौकीका प्रमुख रुम बहादुर केसीले बताउनु भयो ।











प्रतिक्रिया