मिस्टर मोरङको उपाधि प्रवित राजवंशीलाई

0
Shares

सरोज यादव, विराटनगर ।
मिस्टर मोरङको उपाधि विराटनगरका २९ बर्षिय बडिबिल्डर प्रवित राजवंशीले जितेका छन् । मोरङ बडिबिल्डीङ एण्ड फिटनेश एशोसिएसनको आयोजनामा सोमबार विराटनगरमा सम्पन्न प्रतियोगितामा २८ प्रतिष्पर्धीलाई पछि पार्दै राजवंशीले उपाधि जितेका हुन् ।

६० केजी तौल समूहबाट बिजयीहुंदै फाइनल राउण्डमा प्रवेश गरेका राजवंशीले ५५ केजी, ६५, ७० र ७५ केजीको तौल समूह जितेर फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीलाई पछिपार्दै पहिलो उपाधि जित्न सफल भए । उपाधिसंगै राजवंशीले ५१ हजार राशि र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन ।

यसैगरी प्रतियोगितामा विराटनगरकै मधुमाराका रबिनकुमार तामाङ दोश्रो र मोरङ पथरीका संजिव मगर तेश्रो भएका छन । दोश्रो हुनेले नगद ३१ हजार र तेश्रो हुनेले २१ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । बिजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र मोरङ बडिबिल्डीङ एण्ड फिटनेश एशोसिएसनका अध्यक्ष अमलेश कर्णले उपाधि र पुरस्कार राशि हस्तान्तरण गरेका थिए ।