चिनिरोग तथा उच्च रक्तचापलाई नियन्त्रण गरे ८० प्रतिशत मृगौला बच्ने

0
Shares

ललितपुर ।
मनाव अंङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डा.पुकार चन्द्र श्रेष्ठले मृगौला रोग र मुटुरोगको एक आपसमा सम्बन्ध रहने हुदा डाय्वेटिज र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न जरुरी छ भन्नु भयो ।

उहा“ले उक्त कुरा हिजो सम्पन्न नेपाल ह्दयरोग निवराण प्रतिष्ठान, ललितपुर शाखा र हार्ट क्लब नेपालको संयुक्त आयोजनामा भएको “मृगौला रोग तथा प्रत्यारोपण” बिषयक छलफल तथा विजया दशमी, शुभदिपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्य वक्ताको रुपमा कार्यपत्र सहित आफ्नो भनाई राख्नु भएको हो ।

सो अवसरमा उहा“ले भक्तपुर स्थित मानव अंङ्ग प्रत्यारोपण केन्द्रले विश्वको विकशित देशहरुको तुलनामा भन्दा कम नहुने गरि मानव अंङ्ग प्रत्यारोपण गर्ने कार्यमा सफलता प्राप्त गरेको बताउनु भयो ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठान, ललितपुर शाखाका सभापति डा. पुष्पराज राजकर्णिकारको सभापतित्वमा सम्पन भएको उक्त अन्तरकृया कार्यक्रमको शुभारम्भ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा प्रतिष्ठानकै केन्द्रिय अध्यक्ष दिपेन्द्र पुरुष ढकालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मोहनमान सैंजुले मुटु तथा किड्नीका समस्याबाट बर्षेनी मृत्यु हुनेहरुको संख्या नियन्त्रण वा घटाउन सक्नु पर्छ भन्नु भयो ।

सो अवसरमा जिज्ञासाहरुको जिज्ञासा मेटाउदै डा.पुकार चन्द्र श्रेष्ठले हप्तामा २/३ पटक डायलसिस गर्नु भन्दा किड्नी प्रत्यारोपण गर्नु नै उपयुक्त छ भन्नु भयो ।

मृगौंला फेल भए पछि मुटुलाई असर पार्नुका साथै मृगौलाले काम गर्न छोडे पछि यस्ले मुटु, मगज, आ“खालाई सवभन्दा पहिले खराब गर्छ भन्नु भयो ।

उक्त कार्यक्रममा नेपाल ह्दयरोग निवारण प्रतिष्ठानका पुर्व केन्द्र अध्यक्ष डिल्लीप्रकाश घिमिरे र हार्ट क्लब नेपालका पुर्व अध्यक्ष पुर्णमान चित्रकारज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।