गृह निवासबाटै गाँजाको कारोबार गर्ने एक जना पक्राउ

0
Shares

राजविराज ।
आफ्नै निवासबाट गाँजाको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा औरही–३, का ६८ वर्षीय रामप्रसाद यादव रहेका छन् ।

गोप्य सूचनाको आधारमा घरमा खानतलासी गर्दा साढे २ केजी गाँजा बरामद भएपछि यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।

उनको घरबाट गाँजासहित सोको बिक्रीवितरणवाट प्राप्त नेपाली रुपैया ९१ हजार २ सय ७० र भारतीय रुपैयाँ १ हजार ४ सय ७० समेत बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।