काठमाडौँ ।
डा. सीके राउत लगायतलाई गैरकानुनी ढंगले हिरासतमा राखिएको भनी परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ कात्तिक १ गते हुने भएको छ ।
जनकपुर उच्च अदालत अस्थायी इजलाश, वीरगञ्जका न्यायाधीश डिल्लीराज आचार्यले पक्षतर्फका अधिवक्ताहरु रामनारायण कुर्मी, लालबाबु यादव, वीरेन्द्र यादवको बहसपछि थप अध्ययन आवश्यक भएको भन्दै कात्तिक १ का लागि पेसी सारेका हुन् ।
सीके राउतको समर्थन गर्दै प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राउतलाई अदालतमा ल्याउने र अदालतबाट लैजाने समयमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया