नेपाल समाचारपत्र, प्युठान ।
प्युठानमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ४ जना घाईते भएका छन। जिल्लाको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ नौवहिनी –४ खबाङकी ६९ वर्षिय तारादेवी पुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
आईतबार बाग्दुला बजारबाट खबाङ तिर जान लागेको अटो राती ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि ४ जना घाईते भएका छन् । घाईते हुनेमा नौवहिनी –खवाङकै ४६ वर्षिय कालिदेवी पुन र चालकको श्रीमती र छोरी छन् । चालकको श्रीमती र छोरीको अवस्था सामान्य छ ।४७ वर्षिय कालिदवी पुनलाई जिल्ला अस्पताल विजुवारमा उपचार हुन नसकेपछि थप उपचारका लागि वुटवल रिफर गरिएको प्युठान प्रहरीले बताएको हो ।
अटोमा चालक सहित ५ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार दुर्घटना बारे थप अनुसन्धान भैरहेको छ। चालक लाल बहादुर गिरी प्रहरी नियन्त्रणमा रहेका छन् ।











प्रतिक्रिया