व्यापार युद्धले विनिमयदरमा अस्थिरता: अर्थमन्त्री

0
Shares

काठमाडौं, (नेस)
अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वृद्धिलाई सहयोग पु¥याउने मौद्रिक नीतिको भूमिका र दायरा विश्व अर्थतन्त्रमा अहिले कमजोर हुँदै गएको धारणा राख्नु भएको छ। इण्डोनेशियाको बालीमा जारी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो।

उहाँले मूल्य वृद्धि दर र विनिमय दरको उतार चढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको र परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि आर्थिक वृद्धिको लागि सहयोग पु¥याउन सक्ने धारणा राख्नु भएको थियो। व्यापारिक संरक्षणबादसँगै अहिले ठूला मुलुकले साना मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेकोमा विश्व व्यापार संगठन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय व्यापारलाई सहज र खुकुलो बनाउन पैरवी गरेका संस्थाले अग्रणी भूमिका निर्वाह गरी अस्वाभाविक संरक्षणबादलाई रोक्न सक्नुपर्ने उहाँको भनाइ थियो।

व्यापार युद्धले सिर्जना गरेको विनिमयदर अस्थिरताका कारण एसियाली मुलुकबाट पश्चिमी मुलुकहरूमा पुँजी प्रवाह भएकोमा चासो राख्दै डा। खतिवडाले एसिया क्षेत्रभित्रकै बढ्दो व्यापार तथा लगानीको वातावरण सुहाउँदो पुँजी बजार र मुद्रा बजार यस क्षेत्रमै सघनरूपमा विस्तार हुन सकेमा एसियाबाट युरोप अमेरिकामा पु्ँजी बहिर्गमन नहुनेतर्फ ध्यान आकृष्ट गराउनुभयो। एहाँले विगतको आर्थिक वृद्धि पुँजी, श्रम र प्राकृतिक स्रोतबाट सिर्जना भएकोमा अहिले डिजिटल प्रविधि र ज्ञानमा आधारित आर्थिक वृद्धि भइरहेको तर्फ संकेत गर्दै यस्तो वृद्धिबाट सिर्जना हुने आयको वितरण झन् असमान हँदै जाने र मुलुक मुलुकबीच एवं जनता जनताबीच आर्थिक असमानता बढ्दै जाने धारणा राख्नु भयो।