युवक मृत भेटिए

0
Shares

वीरगन्ज, (नेस)
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–६, लखनपुरमा तीन दिनदेखि सम्पर्कविहीन भएका एक युवकको शव आइतबार फेला परेको छ।
स्थानीय हरि ठाकुर हजामका २० वर्षीय छोरा शिवशंकर ठाकुर हजामको शव फेला परेको हो। शुक्रबार मर्निङवालकमा निस्केका शिवशंकर सम्पर्कविहीन भएका थिए। घर परिवारको सम्पर्कविहीन भएका शिवशंकरको शव लखनपुरस्थित गण्डक नहरमा फेला परेको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक जीवशकुमार शर्माले बताए।