काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सञ्चालित सि।सं। ३ कम्प्युटर ग्रेड थ्री तालिम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक वंशीराज दाहालले एक कार्यक्रमबीच सो तालिमको समापन गर्नुका साथै उत्कृृष्ट प्रशिक्र्षीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दाहालले त्यस अवसरमा यस्ता तालिम फौजी जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत उपयोगी हुने बताउनुभयोे।
उहाँले पेसागत कार्यलाई चुस्त र दुरुस्तरूपमा सम्पन्न गर्न यस्ता व्यावसायिक तालिमको महŒवपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरू कार्यक्षेत्रमा अनुशासित एवं लगनशील भई लागिरहनुपर्नेमा जोड दिनुुभयो। कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक वेदप्रकाश यादवले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पाँच महिना अवधिको उक्त तालिममा कुल १९ जना सशस्त्र प्रहरी कर्मचारीहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए।











प्रतिक्रिया