गड्डाचौकीमा तालिमप्राप्त कुकुर

0
Shares

महेनद्रनगर, (नेस)
नजिकिँदै गरेको बडा दसैं तथा तिहारका समयमा नेपाल भारतका सीमा पर्ने क्षेत्रमा घट्ने आपराधिक घटना तथा क्रियाकलापहरू पत्ता लगाउनका लागि कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ। कञ्चनपुर प्रहरीले आइतबारबाट गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त कुकुरको प्रयोग गरेको हो।

छिमेकी राष्ट्र भारतबाट अवैधरूपमा सरसमानहरू नेपाल भित्रिने सक्ने सम्भावना भएको भन्दै नेपाल प्रहरीले बडा दशैं तथा तिहारको समयमा कुकुर प्रयोग गरेको छ। यो समयमा भारतबाट विस्फोटक जन्य पदार्थ (पटाका) तथा अन्य विभिन्न किसिमका लागूऔषध भित्रिन नदिनका लागि प्रहरीले कुकुरको प्रयोग गरेको हो।

नेपाल प्रहरी कुकुर परिचालन शाखाका ≈याड्लर प्रहरी हवल्दार खडक धामीले लागूऔषध धेरै भित्रिने भएकाले कुकुर ल्याएर चेकचाँच गरेको बताए। कुकरबाट झोला र सामान चेकजाँच गरिन लागेपछि सबैको सामान खोलेर चेक गर्नुपर्ने बाध्यता हटेको छ। प्रहरीले कुकुरका माध्यामबाट चेकजाँच गरेयता भन्सारले पनि आधुनिक मेसिनबाट झोला चेकिङ गर्ने लागेको छ। दशैं तिहारका लागि गड्डाचौकी नाकाबाट दिनहुँ जसो ३÷४ हजार मानिस घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले दशैंतिहार सुरक्षा योजनाअनुसार सीमाक्षेत्रमा कुकुर ल्याएर चेकचाँच शुरू गरिएको बताए। उनका अनुसार कञ्चनपुर प्रहरीले दशैंतिहार सुरक्षा योजना कार्यान्वयन गरिसकेको छ, जसअनुसार कुकुर पनि ल्याएर चेकजाँच गरिएको छ। तिहारसम्म सीमा क्षेत्रमा कुकुर राखिनेछ।