बाँके, (नेस)
हिन्दूहरूको महान् चाड दशैंमा चोरी, लुटपाट र अशान्ति हुन नदिन कार्ययोजना बनाएर अघि बढेको बाँके प्रहरीले २५ जना चोरको खोजी गरेको छ।
विगतमा चोरीकर्ममा लागेर फरार रहेका २५ जना नै चाडबाडका बेलामा पनि ‘सक्रिय’ हुने निष्कर्ष निकालेर प्रहरीले उनीहरूको खोजी गरेको हो। ‘हामीसँग उनीहरूको नाम, ठेगाना सबै छ। चाडबाडमा उनीहरू फेरि सक्रिय हुन सक्छन्। त्यही भएर हामीले उनीहरूको खोजी गरिरहेका छौं।’ –जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले भन्नुभयो।
बाँके प्रहरीको हिरासतमा अहिले ६ जना चोर छन्। चोरीकर्ममा लागेका ३६ जना नेपालगन्ज कारागार पुगेका छन्। कारागारमा रहेका चोर बन्दीको संख्याले चौथो स्थान लिएको छ। कारागारमा सबैभन्दा बढी लागूऔषध, बलात्कार र मानव बेचबिखनका बन्दी छन्।
प्रहरीले खोजी गरेका २५ जना चोर बाहिर छन्। उनीहरू ‘मस्ट वान्टेड’ हुन्। नेपालगन्जमा चोरी, लुटपाट गर्ने र भारतीय शहरमा गएर ‘मोज’ गर्ने चोर पनि रहेका छन्। प्रहरीले खोजीको सूचीमा रहेको २५ जना भने ‘हाइप्रोफाइल’का चोर नभएको स्रोतले बतायो। नेपालगन्जमा हाइप्रोफाइलका चोरले रातीमा नभई दिउँसो चोरी, लुटपाट गर्छ।











प्रतिक्रिया