घुससहित कार्यकारी अधिकृत पक्राउ

0
Shares

काठमाडौं, ९नेस०
टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घूससहित पक्राउ परेका छन्।
सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार एक लाख घूससहित पक्राउ गरेको हो। अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि १ लाख घूस खाएका थिए।
आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार उपभोक्ता समूहमार्फत सम्पन्न भएको निर्माण कार्यको भुक्तानी दिन सुवेदीले आनकानी गर्दै आएका थिए।