एसिया छनोट ‘बी’ को उपाधि नेपालको हातमा


काठमाडौँ ।
टी २० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’ को उपाधि नेपालको हातमा परेको छ ।
आज नेपाल र सिंगापुरको वर्षाले प्रभावित भएको थियो । पानीका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाललाई विजेता घोषणा गरिएको छ ।
सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाएको अवस्थामा पानी परेको थियो ।