१५ वर्षिय बालिकामा औलो भेट्टीयो

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलामा एक जनामा औलो भेट्टीएको छ । महाकाली नगरपालिका वडा नम्बर ३ मालबेलाकी १५ वर्षिय दिपा भट्टमा औलो रोगको संक्रमण भेट्टीएको जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगाबाट एक घण्टाको पैदल दुरीमा पर्ने मालबेलाकी ति वालिकालाई ज्वरो आएको तथा जिल्ला अस्पताल दार्चुलामा चेकजाच गर्दा औलो रोगको संक्रमण भेट्टीएको उनले जानकारी दिए ।

दार्चुलामा औलोको औषधी नभएका कारण धनगढीबाट औषधी माग गरी ति वालिकाको उपचार भैइरहेको उनको भनाई छ । औलो भेट्टीएको उक्त वडामा मंगलबार स्वास्थ्यकर्मीको टोलीले अन्य मानिसहरुमा औलो रोगको संक्रमण भए नभएको बारे परिक्षण गरेको छ । वडा नम्बर ३ का ११ जनाको रगत परिक्षण गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा उपसंयोजक लालजिरा भट्टले जानकारी दिए ।

रगत परिक्षण गरिएको ११ जनामा औलोको संक्रमण नभेट्टीएको उनले जानकारी दिए । एनोफिलिस नामक पोथी लामखुट्टको टोकाइबाट सर्ने औलोको संक्रमण देखिने वित्तिकै स्वास्थ्यकर्मीको टोलीले सो क्षेत्रमा रगत परिक्षण गरेको उनको भनाई छ । जिल्ला अस्पतालका दार्चुलाका डा. अनिल बडाल, जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशी डा. दिपकराज विष्ट तथा महाकाली नगरपालिका स्वास्थ्य उपसंयोजक लालजिरा भट्टको टोली सो क्षेत्रमा पुगी औलो रोगको परिक्षण गरेको हो ।