किरन धामी, दार्चुला ।
नेपाल प्रहरीको ६३ आंै प्रहरी दिवसको पुर्वसन्ध्यामा मंगलबार जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्रमा दार्चुला प्रहरीले सरसफाई गरेको छ । दिवसको पुर्वसन्ध्यामा प्रहरीले यसअघि टोल टोलमा प्रहरी अभियान अन्तर्गत विभिन्न जनचेतना मुलक कार्यक्रम आयोजना गरेकोमा मंगलबार बजार तथा मालिकार्जुन मन्दिर परिसरको सरसफाई गरेको हो ।
दिवसको पुर्वसन्ध्यामा नगरवासीलाई आफ्नो नगर आफैले सफा राख्नु पर्छ भन्ने सन्देश दिन बजार तथा मन्दिरको सरसफाई गरिएको दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । दिवसको पुर्वसन्ध्यामा दार्चुला प्रहरीले यसअघि महिला तथा वालवालिका माथी हुने गरेका हिंसाका घट्ना न्युनिकरण गर्न जनचेतना मुलक र्याली, विभिन्न विद्यालयहरुमा निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रहरीले टोल टोलमा प्रहरी अभियान अन्तर्गत बजार क्षेत्रका घर घरमा गएर जनचेतना मुलक पर्चा पम्पलेट समेत वितरण गरेको छ । महिला तथा वालवालिका माथी हुने हिंसाका घट्ना नियन्त्रण गर्ने उपाय, अपरिचित मानिसलाई सामाजिक सञ्जालमा साथी नबनाउने लगायत जनचेतना मुलक सन्देश प्रकाशित गरिएका पर्चापम्पलेट वितरण गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट सुरु गरिएको सरसफाई कार्यक्रम बजार हुँदै मालिकार्जुन मन्दिरमा पुगेर समाप्त भएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बजार आफ्नो नगरको सरसफाई नगरवासीहरुले नै गर्नु पर्ने बताउनु भयो । सफा स्वच्छ वातावरणमा बाच्न सिक्नु पर्ने भन्दै उहाले हरेक नागरिकले व्यक्तीगत तथा पर्यावरणीय सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिरकारी खुमकान्त आचार्य, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया