विमल बिष्ट, डोटी ।
दशैं नजिकिए सँगै भारतमा रोजगारी गरेर फर्कने डोटेलीहरुको हिजो आज लर्को लाग्न थालेको छ । असारको काम सकेर कामका लागि भारतका बिभिन्न शहर तथा जिल्ला बाहिर गएका डोटेलीहरु घर फर्किन थालेपछि यहाँका गाउघरमा दशैको रौनक संगै चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरु दशैंमा घर फर्किन थालेपछि अलिहे डोटी लगायत यहाँका बिभिन्न जिल्लाका गाउ घरमा निकै खुसियाली छाउन थालेको बडीकेदार गाउपालिकाका स्थानिय रोजबहादुर कललेले बताउनु भयो । उहाँले भन्नु भयो ‘पहिला गाउमा प्राय सुन सान थियो,अहिले दशै मनाउन सबै गाउफर्किन थालेपछि गाउमा निकै रमाईलो हुन थालेको छ ।’
कामका लागि भारत गएकाघर गाउमा फर्किन थालेपछि अहिले यहाँका गाउघरमा ब्यापार ब्यबसाय पनि फष्टाउन थालेको छ । अहिले यहाँका जिल्ला सदरमुकाम भन्दा पनि गाउघरका पशलहरुमा बढी ब्यापार ब्यबसाय हुन थालेको केआईसिंह गाउपालिका बगरका स्थानिय ब्यापारी जहरसिंह खवारले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘दशै तिहारमा प्राय पैसा नभएको त कोही हुदैन तैपनि रोजगारी बाट फर्किएकाहरुले बढी सरसामान किनिदिदा यहाँको ब्यापार ब्यबसाय एकाएक फष्टाएको छ ।’ उता रोजगारीका लागि भारत गएकाहरु घर फर्किदा सिमानाकाहरुमा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केरालाशहरमा काम गरी फर्किएका डोटी पुर्बिचौकप्ी गाउपालिकाका स्थानिय राम बिकले गुनासो गनुभयो । उहाँले भन्नु भयो ‘भारतिय प्रहरीले अनाहकमा दुख दिन्छन् पैसा माग्छन,नदिए सामान नै ल्याउन दिदैनन् ।’ प्राय जसो दुई÷तिन जना सुदूरपश्चिमेलीहरु सिकानाकामा दिनहुँ लुटिने गरेको स्थानियबासीहरु बताउछन् ।
उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी सुरज केशीले भारतबाट फर्किने नेपालीहरुलाई दुःख नदिन सिमा क्षेत्रमा खटिएका प्रहरीहरु लाई निर्देसन दिएको बताउनु भयो । ‘भारतिय प्रहरीले सिमा क्षेत्रमा भारत बाट फर्किएकाहरुलाई दुख दिन थालेको छ भन्ने खबर आएपछि हामीले दुःख नदिन खबर गरेका छौ,उहाँले भन्नु भयो ‘सिमा नाकामा कसैले दुःख पाएको भए प्रहरीले खोलेको नागरीक सहायत कक्ष भन्ने छ त्यहाँ उजुरी गरे हामी सहयोग गछौ ।’ सिमा क्षेत्रमा बर्षेनी सुदूरपश्च्मिेली हरु लुटिदा र हेपिदा समेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानियबासीको आरोप छ । सुदूरपश्चिमेलीहरु यहाँको त्रिनगर तथा गड्डा चौकी भन्सारहरुमा बढी लुटिने गर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेशका लगभग नौ वटै जिल्लाबाट कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन त भन्ने यकिन तथ्यांक भने छैन ।
यद्यपि करिब २५ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेहरुको संख्या कम्तिमा पनि ६ लाख जति रहेको अनुमान विभिन्न संघसंस्थाहरुले लगाउने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नुपर्ने, औषधीमुलो समेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । प्रदेश सरकारले कामका लागि भारत जानेहरुको संख्यामा कमी ल्याउने प्रतिबद्धता जनाएपनि व्यवहारमा भने लागु हुन सकेको छैन ।











प्रतिक्रिया