भुटानविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै


काठमाडौं  । आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये १ खेल जित्दै २ मा पराजित भएको छ ।

भुटानले चीनलाई ९ विकेटले हराएको थियो । मलेसियासँग ६७ रनले र थाइल्याण्डसँग ८ विकेटले पराजित भुटान नेपाललाई कम से कम योगफलमा रोक्ने प्रयासमा हुनेछ ।

नेपालले भने तीनै खेल सहज रुपमा जितेको छ । पहिलो खेलमा म्यानमारलाई २९ रनमा अलआउट गर्दै ८ विकेटले जितेको नेपालले दोस्रो खेलमा मलेसियाको १ सय १ रनको लक्ष्य पनि ८ विकेट बचाएर जितेको थियो । थाईल्यान्डविरुद्ध १ सय ७२ रन जोडेको नेपाल वर्षा बाधक बन्द डीएल पद्दतिबाट १ सय ४० रनले विजयी रहेको थियो ।