नेपाललाई ३ स्वर्ण


काठमाडौं, (नेस)
सिंगापुरमा भएको खुला आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान १–१ रजत र कांस्य पदकसहित कुल ५ पदक जितेका छन् ।

सोमबार सिंगापुरमा च्याम्पियनसिपमा विकल पौडेल, राजन रसाइली र भूमिका श्रेष्ठले स्वर्ण पदक दिलाएको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए । फाइटतर्पm विकलले ६३ केजी र राजनले ७५ मुनि नेपाललाई स्वर्ण दिलाएका थिए । प्याट्रर्नमा भूमिकाले कालो पेटीतर्पm नेपाललाई १ स्वर्ण दिलाउन सफल भइन् ।

त्यस्तै प्याट्रर्नमै समीर बस्नेतले पनि रजत पदकमै चित्त बुझाएका थिए । सोमबार नै अमेरिकाको न्यूयोर्कमा भएको फस्र्ट नर्थ अमेरिकन अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका राजमन्दिर श्रेष्ठले कांस्य पदक जितेका महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।