तीन महिनामा २५ सय बढी अवैध मदिरा नष्ट

0
Shares

चिरञ्जीवी मास्क, दोलखा ।
जिल्ला प्रहरी कार्यालय दोलखाले अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत सोमवार (आज) पाँच सय ५० लिटर अवैध मदिरा र करिब ३२ सय केजी कच्चा पर्दाथ बरामद गरेको छ ।

अवैध घरेलु मदिराका कारण घरेलु हिंसा, बिभिन्न अपराधिक घट्ना र सामाजिक सद्भावमै समस्या आउने भएकोले जिल्ला प्रहरी कार्यालय दोलखाले विगत देखिनै अवैध मदिरा जफत तथा नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

सोमवार दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ६ को बिभिन्न भट्टी पसलहरुबाट उल्लेखित मात्रामा अवैध घरेलु मदिरा बरामद गरी स्थानिय बुद्धिजिवि, भद्रभलाद्मी, समाजसेवीको रोहवरमा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत करिब तीन महिनाको अवधिमा २५ सय लिटर भन्दा बढी अवैध घरेलु मदिरा र करिब ५५ सय केजी मदिरा बनाउने कच्चा पर्दाथ बरामद गरी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

दशै तथा तिहारको बेला बजार र ग्रामीण क्षेत्रहरुमा समेत अवैध घरेलु मदिराको बिक्रि वितरण बढ्ने र त्यसले अपराधिक घट्नामा बृद्धि हुन सक्ने भएकोले प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण अभियानलाई सचेतता पूर्वक सञ्चालन गरिरहेको र यसको प्रभावकारीता समेत राम्रो देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।