काठमाडौँ ।
आन्तरिक सुद्धीकरणमा लागेको नेपाल प्रहरीले राजधानीका विभिन्न प्रहरी कार्यालयमा छड्के चेकजांच शुरु गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा छड्के चेकजांच गरेको छ ।
एसपी सिंहको टोलीले वृत्तको मुद्धा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक चेत बहादुर ताम्राकारले सेवाग्राहीसंग बार्गेनिङ गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया