नरेन्द्र केसी, दाङ ।
घोराहीको मुटु मानिने सहिदगेट नजिक आइतवार भएको दर्दनाक सडक दुर्घटनामा घाइते भएकी तिला परियारको शरीरबाट २५ घण्टापछि सोमवार सरिया निकालिएको छ । सोमवार अपरान्ह साढे ४ बजेपछि शिक्षण अस्पताल काठमाडौंमा शल्यक्रिया गरी सरिया निकालिएको हो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन सस्थानका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा सफल शल्यक्रिया गरिएको घाइतेको उचपारमा गएका पत्रकार एवं घाइतेका आफन्त जनक नेपालीले जानकारी दिनुभयो । साढे तीन बजेदेखि शिक्षण अस्पतालमा शुरु भएको शल्यक्रिया झण्डै एक घण्टापछि सम्पन्न भएको थियो । शल्यक्रियाबाट तीनवटै सरिया निकालिएको छ । सरियाले मुटुलगायतका कुनै पनि संवेदनशील अंगलाई नछेडेकाले घाइतेको अवस्थामा सुधार आउने डा. श्रेष्ठले जानकारी दिनुभयो ।

आइतवार दिउँसो ३ बजे दुर्घटना भएको थियो । दुर्घटनापछि घटनास्थलमै ग्रिलको सहायताले सरियाको बाँकी भाग काटेर शरीरमा रहेको सरियासहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । त्यहाँ निकाल्न संभव नभएपछि भइहवा मेडिकल कलेज लगिएको थियो । भैरहवा मेडिकल कलेज राति १ बजे पु¥याइएको भए पनि केही गर्न नसक्ने बताएपछि २ बजे काठमाडौं लगिएको थियो । विहान ११ बजे वीर अस्पतालको ट्रमा सेन्टरमा पु¥याएपछि ट्रमाले शिक्षण अस्पताल रिफर गरेको थियो । दिउँसो २ बजे शिक्षण अस्पताल पुर्याइएको थियो भने जाँच गर्दा एक घण्टा जति लागेको थियो ।
आइतवार मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रुको शरीरमा तीन वटा सरिया पसेका थिए । घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका ३ झिङनी निबासी ३८ बर्षीया तिला परियार उछट्टिएर सरिया बोकेको ट्याक्टरमा ठोकिदा छातिबाट सरिया छिरेका हुन् । छातिबाट छिरेका तीन वटा सरिया ढाडबाट निस्केका थिए ।
तिलाको घर परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । ऐलानी जग्गामा सानो झुपडी बनाएर बसेको परियार परिवारले सिंलाइकटाइ गरेर जीविका निर्वाह गर्दै आएको थियो ।











प्रतिक्रिया