यस्तो छ सिन्धु प्रहरीको सुरक्षा योजना

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विजयादशमी नजिकिँदै गर्दा जिल्लामा प्रहरीले विशेष शुरक्षा योजना सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित शुरक्षा योजना सार्वजनिक गरेको हो ।
शुरक्षाका हिसावले संवेदनशील मानिएका विभिन्न ८७ स्थानको पहिचान गरि ३ सय ७७ प्रहरी जनशक्ति परिचालन हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दशैं तिहारमा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरि ३ सय ७७ प्रहरी शान्ति सुरक्षामा खटिनेछन् । जिल्लाका तिन सडक रुटमा चौविसै घण्टा प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विमलराज कणेलले जानकारी दिए ।

अरनिको राजमार्गको कोदारीदेखि बन्देउसम्म, चौतारा–नवलपुरहुँदै मेलम्चीसम्म र बलेफी–जलविरे हुँदै गुम्बासम्म प्रहरीले रात्री गस्ती गर्ने उनले बताए । गाउँबस्ति तथा बजारहरुमा मादकपदार्थ नियन्त्रण, जुवातास नियन्त्रणमा प्रहरीको विशेष फोकस रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।‘सवारी साधन चेकजाँचमा पनि हाम्रो मुख्य फोकस रहनेछ’, प्रहरी प्रमुख मरासिनीले भने ।