एसिड पीडकलाई जन्मकैद सजाय माग

0
Shares

हेटौंडा ।
विभिन्न कारण एसिड आक्रमणको शिकार भएका पीडित महिलाले यस्ता जघन्य अपराधमा संलग्नलाई जन्मकैद सजाय माग गरेका छन् ।
हेटौंडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडितहरुले राज्यको फितलो कानुनको फाइदा पीडकहरुले उठाइरहेको गुनासो गरे । मकवानपुरकी एसिडपीडित बिन्दवासिनी कंसाकार, रौतहट चन्द्रपुरकी सीमा बस्नेतसहित एसिडपीडितले आफूहरुलाई कुरुप बनाउने अपराधीलाई कडा कारबाही माग गरेका हुन् ।

आफ्नो जीवन बर्बाद गर्ने अपराधीलाई अदालतले १० वर्ष जेल सजाय दिए पनि अब एक वर्षपछि अपराधीलाई प्रत्यक्ष देखिने भएकाले राज्यबाट आफूले उचित न्याय नपाएको सीमाको भनाइ छ ।

एसिड आक्रमणमा परेपछि आफूहरुले भोग्नुपरेको पीडा अरु कोही चेलीलाई नपरोस् भन्दै यो आवाज उठाइरहेको उनले बताइन् । अपराधीलाई जन्मकैद हुनुपर्ने माग गर्दै उनले यसको अभियानमा समाजको साथ चाहिने बताइन् ।
सीमालाई एसिड प्रहार गर्ने ब्यक्ति पक्राउ परे पनि करिब ५ वर्षअघि कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिप केशरी भने पक्राउ नपरेकामा उनीहरुले आपत्ति जनाएका थिए । एसिडपीडित संगीता मगरले अपराधमा संलग्नलाई कुनै बहानामा छुट दिन नहुने बताइन् । कार्यक्रममा महिला हिंसाविरुद्ध अभियन्ता शिरिष फुँयालले अपराधीलाई सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने धारणा व्यक्त गरिन् ।

काठमाडौंका जीवन बिकले २०७१ फागुन २१ गते काठमाडौं वसन्तपुरकी संगीता मगरलाई एसिड प्रहार गरे । मगरलाई लक्षित गर्दै प्रहार गरेको एसिड संगीताकी साथी सीमाको अनुुहारमा प¥यो । एसिड प्रहारलगत्तै प्रहरीले बिकलाई नियन्त्रणमा लियो । अदालतले बिकलाई १० वर्ष जेल सजाय तोक्यो । एक वर्षपछि उनी जेलमुक्त हुँदैछन् । तर, एसिड आक्रमणको शिकार बनेका संगीता र सीमा भने डरमुक्त हुन सकेका छैनन् ।

बिकले जेलबाट संगीतालाई धम्कीपूर्ण पत्र पठाउँदै आएका छन् । आफू जेलमुक्त हुने बित्तिकै संगीताको ‘परिवारलाई सिद्याउने’ धम्की दिँदै आएका छन् बिकले । ‘उसले जेल भित्रबाट पटक÷पटक परिवारको सबै सदस्यलाई मार्ने धम्की दिएको छ,’ आँखाभरि आँशु पार्दै संगीताले भनिन्–तेरो परिवारलाई म को हुँ भनेर देखाइदिन्छु । म बाहिर निस्कने बित्तिकै तँलाई गोली हान्छु, तेरो आमालाई सिद्याइदिन्छु भन्ने धम्की दिइरहेका छन् ।