पानीको श्रोत सुकेपछि दूषित पानी पिउन बाध्य

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लाको एउटा गाउँका स्थानीयहरु अझैपनि दूषित पानी पिउन बाध्य भएका छन् ।
जिल्ला सादरमुकाम बीरगन्जबाट करिब ६० किलो मिटर टाढा र बीरगन्ज ठोरी सडकखण्डबाट ६ किलो मिटर जंगलको बीचमा रहेको सिकारीवासका स्थानीयहरु दूषित पानी पिउन बाध्य भएका हुन् । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुन्जको बीचमा रहेका सो गाउमा ४५ घरधुरी आदिबासी जनजाती थारु समुदायको बसोबास रहेको छ ।

बर्षाका कारण पानी दूषित भएपछि र भएको पानीको श्रोत समेत सुकेपछि स्थानीयहरु कुलोको दूषित पानी पिउन बाध्य भएका हुन् । स्वच्छ खानेपानीको ब्यवस्था नभएका कारण करिब पाच किलोमिटर टाढा रहेका चिलमेरा खोलाबाट कुलो बनाई गाउसम्म पानी ल्याइ खानेदेखि लिएर बिभिन्न दैनिक कार्यमा प्रयोग गरिरहेको स्थानीय तुलसी चौधरीले बताइन् ।

बर्षा याममा सधै बाढि आउने गरेका तथा अन्य समयमा पनि बालुवा मिसिएका धमिलो पानी हुने गरेका कारण झाडा पाखाला, ज्वरो जस्ता बिभिन्न रोग लाग्ने गरेको चौधरीले बताइन् । गाबिसमा बर्षेनी लाखौ रुपैयाको बजेट आएको र यहाका सर्व साधारणको खानेपनीको लागि एउटा धारा निर्माण गर्ने योजना समेत ठोरी गाउँ पालिका कार्यालयले नदिएका स्यानियले गुनासो गरेका छन्। यद्यपी ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले भने सिकारीवासका नागरिकहरुका लागि बिशेष कार्यक्रम ल्याउन लागेको बताए ।