किरन धामी, दार्चुला ।
दार्चुलामा खोला तर्ने क्रममा बगेर एक बृद्ध घाइते भएका छन् । घाइते हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर ३ का ७० वर्षिय हन्स सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए । सोमबार दिउसो २ बजेतिर जिल्ला सदरमुकाम खलंगाबाट घर फर्कदै गरेका ७० वर्षिय धामीको महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगरको निजाङ्ग खेला तर्ने क्रममा बगेर निधारमा चोट लागेको उनले जानकारी दिए । घाइते धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया