काठमाडौं ।
नेपाल एपीएफ स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा असोज २२ गते विविध कार्यक्रमको आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हलमा आयोजित उक्त कार्यक्रमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

त्यसअवसरमा उहाँले भविष्यका कर्णधार बालबालिकाहरुले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्ने तर्फ कटिवद्ध भई मेहनतका साथ लाग्नुपर्ने बताउनुभयो ।
बालबालिकालाई घरैबाट असल संस्कार र उचित वातावरण दिनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विद्यार्थीको मनोविज्ञान बुझेर अध्यापन गराउनु जरुरी रहेको तथा विद्यार्थी वर्गले समेत आफूप्रति शिक्षक र अभिभावकले गरेको त्याग, मेहनत र समर्पणलाई मनन गरी अगाडी बढेमा सफलता प्राप्त हुने उल्लेख गर्नुभयो ।
आजका बालबालिका भोलीका समृद्व राष्ट्र निर्माणका असल नागरीक हुन् भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिक्षाको माध्यमबाट आफ्ना सन्ततीको उज्वल भविष्य बनाउनेतर्फ हरेक अभिभावकहरुले आफ्ना बालबालिकाहरुको आनीबानीमा विशेष ध्यान पु¥याउनु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले हरेक अभिभावकहरुले आफ्ना सन्ततीहरुलाई असल शिक्षा र उच्च अनुशासन प्राप्तिका लागि ठूलो विश्वासका साथ विद्यालय पठाउने गरेको चर्चा गर्नुहुँदै सोही अनुरुप हरेक शिक्षक, शिक्षिकाहरुले समेत आफ्ना बिद्यार्थीहरुलाई अभिभावक बनेर उनीहरु भित्र रहेका विभिन्न क्षमताहरु प्रष्फुटन गराई उच्च अनुशासनमा राखी जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयोे ।
अभिभावक वर्गले आफ्ना सन्ततीका लागि अनेकन कष्ट समेत उठाउन पछि नपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्ना बालबालिकाहरुका प्रत्येक ईच्छा चाहना पूरा गर्दा त्यसले निम्त्याउन सक्ने प्रत्यक्ष परोक्ष असर समेत राम्ररी बुझ्न जरुरी रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाल एपीएफ स्कूल परिवार बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको चर्चा गर्नुहुँदै विद्यालयको स्तरबृद्धि गर्नेतर्फ समेत आवश्यक कार्यहरु भईरहेकोे उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सो विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्ने तर्फ ध्यान पु¥याइरहेको चर्चा गर्नुहँुदै विद्यालयको शैक्षिक वातावरणलाई उत्कृष्ट बनाई राख्नेतर्फ सजगता अपनाइएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अजबहादुर के।सी।ले स्वागत मन्तव्य व्यक्त गर्नुहँुदै नेपाल एपीएफ स्कूलले शैक्षिक कार्यक्रमका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी बल नेपाल, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैको प्रयासमा स्कूलले आगामी दिनहरुमा अझै उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुका साथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया