पुष्कर बुढाथोकी, भक्तपुर ।
वल्र्ड भ्यू नेपालले भक्तपुरका महिलाका लागि दुईदिने नेतृत्व विकास ,संचारसीप र नेतृत्वकला सम्बन्धी तालिमको आयोजना गरेको छ । तालिममा जिल्लाका ४ वटै नगरपालिकाका सहकारी,शिक्षण,वन ,ब्यबसाय लगायतका विभिन्न संघसंस्थाको नेतृत्व तहमा कार्यरत २५ महिला सहभागी छन् ।
संस्थाकी महासचिव रजनी केसीका अनुसार हालै कार्यान्वयनमा आएको मौलिक हक र देवानी संहिता , सञ्चार सीप र नेतृत्व कला, महिला नेतृत्व तथा क्षमता विकास तथा कार्यक्रम सञ्चालन र भाषण कलाबारे सहजीकरण गरिनेछ । त्यस्तै मौलिक हक र देवानी संहितामा भएका आधारभूत प्रावधान, जलवायु परिवर्तनका कारण, असर र अनुकुलनका उपायबारे पनि सहभागीलाई प्रशिक्षित गरिने संस्थाका सदस्य अन्जना नेपालीले बताउनुभयो ।
तालिममा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, सञ्चारकर्मी विश्वमणि पोखरेल र मतिना त्वानावासू, अधिवक्ता रामप्रसाद प्रजापति लगातले सहजीकरण गर्ने आयोजक संस्थाले जानकारी दिएको छ ।
यस अघि वल्र्ड भ्यू नेपालका अध्यक्ष समेत रहेका पत्रकार भारतदत्त कोइरालाले आइतबार एक कार्यक्रमबीच तालिम सुभारम्भ गर्दै नेपालमा नेतृत्व तहमा महिला सहभागिता बढाउन तालिम उपयोगी हुने बताउनुभयो ।
अग्रज पत्रकार समेत रहेका कोईरालाले तल्लो तहबाटै नेतृत्व तहमा महिलाको संख्या बढाउनुपर्छ भन्दै यसको लागि महिला आफैं सक्षम हुनु पहिलो सर्त भएको उल्लेख गर्नुभयो ।











प्रतिक्रिया