मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगर बजारमा लगाइएका १६ सिसिटिभी क्यामेरा तीन महिना नपुग्दै काम नलाग्ने (बेकामे) बनेका छन् । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मुख्य बजारका प्रमुख प्रमुख क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिइएको थियो ।
महेन्द्रनगर बजार क्षेत्रको सुरक्षा हुने, भिडभाँड हुने बजार क्षेत्रमा क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने र अपराध न्युनिकरणमा टेवा पुग्ने, अपराधिक कृयाकलाप गरेर भाग्ने समुहलाई सहज पहिचान गरेर पक्रिन सजिलो हुने भन्दैै ३२ असारमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो । बजार क्षेत्रमा चार किलोमिटरसम्मको क्षेत्र समेट्न सक्ने क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएका थियो ।

भीमदत्त नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा बजार क्षेत्रमा १६ वटा क्यामेरा जडान गरेको थियो । जडान गरिएका १६ सिसीटिभी क्यामरा मध्ये अहिले ७ वटा मात्र राम्रो रहेको एसपी कुवेर कडायत ले बताए । उनले भने ‘१६ क्यामेरा मध्ये ७ मात्र राम्रा अर्थात टोडफोड नभएको अवस्थामा त छन् । तर र्हाडडिस्क अनुसन्धानका शिलशिलामा काठमाण्डौ पठाईएको छ । त्यसैले अहिले कुनै पनि क्यामेरा प्रयोगमा छैनन् । निर्मला हत्या काण्डका बेला चलेका विभिन्न आन्दोलनमा ७ वटा क्यामेरा तोडफोड भएका छन् भने २ क्यामेरा आफै बिग्रीए’ ।
महेन्द्रनगर बजार क्षेत्रका सिसीटिभी क्यामेरा आन्दोलनका बेला तोडफोड नभएर नियोजित तरिकाले बिगारिएको हुन सक्ने स्थानिय एक पत्रकारले बताए । ‘१० साउन अर्थात निर्मला पन्त बलात्कार पछि हत्याको घटना घट्नु अघि सबै क्यामेराले राम्रो काम गरिरहेका अवस्थामा एक्कासी त्यस पछि क्रमिक रुपमा महेन्द्रनगर बजारका प्रमुख चोक चोकमा जडान गरीएका क्यामेराहरु कसरी बिग्रीए?’ महेन्द्रनगरका एकजना व्यापारी विश्वलाल खत्री प्रश्न गर्छन् ।

क्यामेरा जडान गरेको केहि दिन पछि महेन्द्रनगर बसर्पाक बाट रातारात एक बस गायव भएको थियो, जसलाई सिसीटिभीमा हेर्दा केहि नदेखिएपछि नगरपालिकाले झण्डै २० लाखको लागतमा खरिद गरेको भनिएको क्यामेरा न्यून गुणस्तरको र कामै नलाग्ने अवस्थामा राखिएको स्थानियहरुले आरोप लगाएका थिए । उक्त मेहेन्द्रनगर बसपार्क बाट हराएको बस पछि कैलालीको लालपुरमा फेला परेको थियो । भीनपाको क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले बजार क्षेत्रमा जडान गरेका सिसीटिभी क्यामेराहरु ‘नाइटभिजन क्यामेरा’ भएको दावि गर्दै आएको छ । क्यामेरा जडान गरेको ३ महिना नबित्दै उक्त क्यामेराहरु बेकामे भएर बिग्रीएका छन् ।











प्रतिक्रिया