दुई छात्रा बलात्कार अभियोगमा शिक्षक पक्राउ

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
दिन दिनै बलात्कारका घटना बढिरहेका समयमा घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेका छन् । जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको उजुरी दर्ता भएको छ ।

कालिका मावि बेथाञ्चोक ४ मा कार्यरत शिक्षक ३१ बर्षिय शिक्षक शंकर पहरीले विद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गर्दै जर्बजस्ति करणी गरेको उजुरीका उल्लेख गरिएको छ । कक्षा ५ मा अध्ययनरत छात्रालाई असोज १० गते दिउसो कक्षा कोठा भित्रै खाली भएको समयमा जर्बजस्तिको प्रयास गरेका थिए । विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई भने सँगै उक्त घटना सार्वजनिक भएको थियो । त्यस अघि शिक्षक पहरीले विद्यालयकै अर्की छात्रालाई जर्बजस्ति करणी नै गरेको उजुरी दर्ता भएको छ । विद्यालयमा पुगेको प्रहरी टोलीसँग अन्य केहि छात्राहरुले समेत शिक्षक पहरीले एक वर्ष अघि देखि संवेदनशिल अंगहरु चलाउने, भन्यो भने विद्यालयबाट हटाई दिने धम्की दिने गर्दै आएको बताएका छन् ।

विद्यालयका शिक्षकहरुलाई पहरीको बानी जानकारी भए पनि वेवास्ता गरेका कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरुले बताएका छन् । विद्यालयका आईतबार सोहि विषयमा छलफल गर्न बसेको बैठकमा अभिभावकहरुले हस्तक्षेप गर्दै विद्यालयका अन्य शिक्षकहरुलाई समेत कारवाहीको माग गरेका थिए । प्रहरीले शिक्षकलाई असोज १८ गते पक्राउ गरी १९ गते म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । पीडितहरुको तर्फबाट जाहेरी उजुरीमा मुलुकी अपराध(संहिता) ऐन २०४७ को परिच्छेद १८ को दफा २१९ को उपदफा १, २ क, ग र ३ क बमोजिम कारवाहीको माग गरेका छन् ।