विमल बिष्ट, डोटी ।
के तपाई दशैं तिहारमा डोटीमा जुवा तास खेल्ने,खेलाउने मनसायमा हुनुहुन्छ,हुनुहुन्छ भने सावधान डोटीमा मादक पर्दाथ सेवनगरी होहल्ला गरे वा जुवा तास खेले,खेलाएमा मुलुकी फौजदारी अपराध संघिता २०७४ बमोजिम कार्वाहि हुने भएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेधीले दशै तिहार तथा छठ पर्वको समयमा डोटीमा जुवा खेले,खेलाएमा वा मादक पर्दाथ सेवनगरी हो हल्ला गरेमा मुलुकी फौजदारी अपराध संघिता २०७४ बमोजिम कार्वाहि हुने बताउनु भएको छ । डोटी उद्योग बाणिज्य संघले दिपायल पिपल्लामा आईतबार गरेको दशै शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुबेदीले सो कुरा बताउनु भएको हो ।
‘हामीले दशै,तिहार र छठ पर्वलाई मध्यजनर गरेर नयाँ शुरक्षा योजना ल्याएका छौ उहाँले भन्नु भयो ‘गल्ति गर्ने जो केहीलाई कार्वाहि गरेरै छोड्छौ ।’ त्यस्तै यसपालीको दशै तिहार तथा छठ पर्वमा डोटीमा बिषेश किसिमको शुरक्षा ब्यबस्था मिलाईएकाले कुनै डर त्रास नमानी निर्धक्कका साथ चाडपर्व मनाउन पनि प्रजीअ सुबेदीले सबैमा आग्रह गर्नु भएको छ ।
त्यस्तै सोही कार्याक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले डोटीमा ठुलो संख्यामा प्रहरी टोली खटिएकाले चाडवाडको बेलामा कसैले पनि डराउनु पर्ने अवस्था श्रृजना नहुने दाबी गर्नु भयो । उहाँले भन्नु भयो ‘हामीले पहिलेको भन्दा बढी संख्यामा प्रहरी परिचालन गरेका छौ,कुनै घटना हुने बित्तिकै हाम्रो प्रहरी टोली तत्कालै घटनास्थल पुग्नेछ ।’
डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कललेलको सभापतित्वमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा डोटीका बिभिन्न राजनैतिकदलका नेता,प्रतिनिधी,स्थानियबासी तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागि भएका अधिकांस बक्ताहरुले डोटीमा चाडबाडको समयमा जुवा तास अधिक हुने तथा मादक पर्दाथ सेवनगरी झै झगडा बढी हुने भएकाले त्यस तर्फ प्रहरी प्रशासन बढी फोकस हुनु पर्नुे माग गरेका थिए । दशै सुरु हुनु भन्दा अगावै डोटीका अधिकांस गाउहरुमा तथा जिल्ला तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल,पिपल्ला तथा राजपुरमा जुवा तास खेल सुरु भएको स्थानियबासीहरु बताउछन् । जुवा तास खेल्नेहरुको अड्डाका बारेमा प्रहरीलाई जानकारी भएपनि उनिहरुले कार्वाहि गर्न नसकेको स्थानियको आरोप छ ।











प्रतिक्रिया