डोटीका स्कुलमा प्रहरीको जनचेतना मुलक कार्यक्रम सुरु

0
Shares

विमल बिष्ट, डोटी ।
आउदै गरेको दशैं, तिहार र छठ पर्वमा हुन सक्ने घटनालाई मध्यनजर राखेर डोटी प्रहरीले यहाँका बिद्यालयमा जनचेतना मुलक कार्यक्रम थालेको छ । जिल्ला प्रहरी कार्यालय डोटीको निर्देशनमा यहाँका सबै प्रहरी युनिटहरुले आ आफनो क्षेत्रका बिद्यालयमा जुवा रक्सि नियन्त्रण तथा कुलत बाट कसरी जोगिने भन्ने बषियमा जानकारी दिन थालेको छ ।

यसै सिलसिलामा आईतबार ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक लोकेन्द्रबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले दिल्पेस्वर माबीका बिद्यार्थीहरुलाई गाउमा हुने अपराधिक mित्रयाकलाप रोक्न तथा कुलत बाट आफु जोगिने बिषयमा जानकारी दिएको छ ।

दशंै, तिहार लगायतका बिभिन्न चाड पर्वका समयमा अपराधिक क्रियाकलापहरु हुनसक्ने भएकाले बिद्यार्थीको माध्यम बाट सो कुरा कसरी रोक्ने भन्ने बिषयमा आफुहरुले यहाँका बिद्यालयका बिद्यार्थीहरुलाई सिकाउन थालेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रशिक्षक मल्लले बताउनु भयो ।

‘समाजमा घटने घटना तथा हुन सक्ने अपराध मुलक क्रियाकलाप रोक्न हामी दिलो ज्यान दिएर लागेका छौ,उहाँले भन्नु भयो ‘बिद्यार्थी तथा युवा उमेरकालाई मात्रै परिचालन र सक्रिय गर्न सके समाजमा हाप परसेन्ट अपराध आफै घट्ने छ ।’