नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दियाे


काठमाडौं । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सकेको हो । नेपालका लागि करण केसीले आक्रमक ब्याटिङ गरे । उनले मात्र १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४० रनमा नट आउट रहेपछि नेपालले १ सय ७३ रनको लक्ष्य दिन सकेको हो ।

दिपेन्द्र सिंह ऐरीले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३०, शरद भेषवाकर २८ बलमा २ चौका प्रहार गर्दै ३४, अनिल कुमार शाहले १७ बलमा ५ चौका प्रहार गर्दै २५ रन बनाउदै आउट भए । त्यस्तै विनोद भण्डारी १५ र आरिफ शेख ८, कप्तान पारस खड्का ५, उप कप्तान ज्ञानेन्द्र मल्ल ७ र सोमपाल कामीले ४ रन बनाउन सके ।

थाइल्यान्डकापेपुथ सुन्गनार्डले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २१ रन खर्चिदैँ ४ विकेट लिदै नेपाललाई सस्तैमा रोक्ने प्रयास गरे । विष्णनाथ सिंहले पनि २ विकेट हात पारे ।