काल्र्सबर्ग गल्फ सिरिज सम्पन्न


काठमाडौं, (नेस)
काल्र्सबर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिजको काल्र्सवर्गको साथमा भव्यरुपमा समापन भएको छ ।

३ वटा सिरिज्को यस अन्तिम प्रतियोगितामा शनिबार होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुले कडा प्रतिस्पर्धा गरे । यो सिरिज् ३÷४ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो । पवित्र कुमार कार्कीले ३ सय अंक प्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्दा पृथ्वी मल्लले ४ सय ९० अंकका साथ सिरिज्का ग्रस च्याम्पियन बने ।

गोकर्ण फरेष्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले बताए “काल्र्सबर्ग गल्प mसिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेको माहार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”