मनोज भट्ट, महेन्द्रनगर ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याका विरुद्ध आन्दोलित ‘सुदूर पश्चिम’ मा शनिबारदेखि महिलाहरुको लागि आत्म सुरक्षा शिविर सुरु भएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घको आयोजना तथा ‘सुदुरपश्चिम’ प्रदेश सरकारको संयोजनमा शिविर सुरु भएको हो ।

सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच शनिबार शिविरको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले तालिम महिलाहरुका लागि उपयोगी हुने बताए । महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणमा शिविरले सहयोग पुग्ने बिश्वास लिएको आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघका महासचिव प्रकाश चन्दले बताए ।
शिविरमा एक हजार महिलालाई आत्मरक्षासम्बन्त्री तालिम प्रदान गर्ने लक्ष्य लिएको भएपनि तालिममा सहभागिताका लागि १ हजार ७ सय महिलाले फाराम भरेकाले ती सबैलाई तालिम प्रदान गरिने उनले बताए । सहभागी महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिनेछ । उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् ।

‘सुदुरपश्चिम प्रदेश’ बाट सुरु भएको शिविर एक साता सञ्चालन भएर प्रदेश १ को बिर्तामोडमा समापन गरिने आयोजक पक्षले जानकारी दिएको छ ।शनिबारको उद्घाटन कार्यक्रममा ‘सुदुर पश्चिम’ प्रदेशका मन्त्री, महिला सांसद, स्थानीय तहका उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया