ब्लड फर रोल्पा मोबाईल एप्लीकेशन आरम्भ

0
Shares

महेश न्यौपाने, रोल्पा ।
समयमा रगत नपाउदा मृत्युवरण गर्न वाध्य रोल्पाका विरामीहरुका लागि तत्काल रक्त सेवा उपलव्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाईल अप्लीकेशनको सुरुवात गरिएको छ ।

रोल्पाका केही युवाहरुको सक्रियतामा सुरु गरिएको सो अभियानको शनिवार जिल्ला सदरमुकाम लिवाङमा एक कार्यक्रमका वीच औपचारिक आरम्भ गरियो । जिल्लामा व्लड वैंक नहुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने गरेको देखेर आफुहरुले युवाको सामाजिक दायित्व संझेर अभियान थालनी गरेको अभियान्ताहरुले वताएका छन । टिम भित्रका सदस्य मध्ये हाल सम्म जिल्ला अस्पतालमा ५ जना र नीजि अस्पतालनमा १ गरि ६ जनाले रगत दिईसकेको वताइएको छ ।

रगत नपाएर मर्नु पर्ने अवस्था भोग्दै आएका रोल्पालीहरुको लागि अव त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले वताए । जिल्लामा तत्काल व्लड वैंक स्थापना हुन सक्ने अवस्था नभएकाले युवाहरुको यो कदमले जिल्लावासीलाई ठूलो राहात पुग्ने प्रमुख केसीको भनाई छ । युवा सामाजिक भूमिका प्रति उत्तरदायि छन भन्ने सन्देश दिएको वताउदै प्रविधि संग अद्यावधिक हुदै जिल्लावासीको सेवा पु¥याउने काम सह्रानिय भएको केसीको भनाई छ ।

महिला स्वास्थ्य कार्यक्रम अन्तरगत डेलीभरि पूर्व रगत व्यवस्थापन गर्नु पर्ने भएकाले आफुहरुले सधै यसको सकस भोग्दै आएकोमा मोवाईल एप्लीकेशन पछि आफुहरुलाई पनि राहात भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्ड प्रकाश वुढाथोकीले वताए । आफ्नै स्टाप, नेपाली सेना आदीको सहयोगवाट रगत संकलन गर्नु पर्ने वाध्यता रहेकोमा अव भने केही सहजता हुने वुढाथोकीले प्रतिकृया दिए ।

रगत किन दिने, दिन मिल्ने की नमिल्ने जस्ता विषयमा नागरिक सचेन नहुदा यस्ता अभियानलाई प्रभाव पारिरहेको पत्रकार काशीराम डाँगीको भनाई छ । रक्तदानको विषयमा नागरिकलाई चेतना शिल वनाउन जरुरी छ डाँगीले भने । जिल्लामा नयाँ कामको थालनी भएको वताउदै यसलाई निरन्ता दिनु पर्ने पत्रकार डागीको सुझाव थियो ।

रगत नपाएरै मरेका कैयौ घटना सुन्दै आएका आफुहरुले समाजको लागि केही गरौ भन्ने भावना जागेकाले यस्तो अभियानको थालनी गरेका हौ अभियान्ता विनोद डाँगीले भने । रगतकै कारण कैंयौ पटक आफु नै प्रताडित हुन पुगेको हुदा जिल्लावासीले यस्तो समस्या भोग्न नपरोस भनेर युवाहरुको समूहले अभियान थालनी गरेको डाँगीको भनाई छ । डाक्टर आफ्रनै रगत दिएर विरामी वचाई रहदा अव हामी आफैले रगत दिने कार्यको थालनी गरौ भनेर आफुहरुले अभियान चलाएको डाँगीले जानकारी दिए ।

परिचय, रक्तदाता विवरण, रजिष्टर, न्यूज व्लक, महत्वपूर्ण फोन नम्वर र एप्स वारे भन्ने विवरण मोवाईल एप्लीकेशनमा समावेश गरिएको डिजाईन भरत डाँगीले जानकारी दिए । मोवाईल एप्सलाई धेरै भन्दा धेरै नागरिकको पहुँचमा पु¥याए मात्र अभियानले सार्थकता पाउने डागीको भनाई छ ।

नेपाल रेडक्रस सोसाईटी रोल्पाले व्लड वैंक स्थापना गर्ने कार्यको थालनी गरे पनि यसले अझै सार्थकता पाउन नसक्दा जिल्लावासीहरुले रगतको समस्या भोग्दै आएका थिए । यातायातको असुविधा तथा स्वास्थ्य संस्थामा समेत नागरिकको सहज पहुँच नभएको रोल्पामा नागरिक स्तरमा थालिएको अभियानलाई सार्थक वनाउनु पर्ने सामाजिक अभियान्ताहरुको भनाई छ ।