नेपाल समाचारपत्र, पर्वत ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य देबेन्द्र पौडेलले अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताएका छन ।
पत्रकार नवराज बरालद्वारा लिखित पहिलो कृर्ति ‘नाम ’ उपन्यासका बारेमा पर्वतको कुस्माबजारमा शनिबार आयोजित परिचर्चा कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य पौडेलले सरकारले काम थालेको छोटो अवधी भएकाले आलोचना गर्ने बेला नभएको बताएका हुन ।
‘सरकार गठन भएपछि धेरै कुरा शुन्यबाट गर्नुपरेका कारण सोचे जस्तो उपलब्धी हासिल नभएका हुन’ उनले भने ‘छोटो अवधीमा नै पाँच बर्षे सरकारको आलोचना गर्ने हतार गर्नुहुन्न’ वर्तमान सरकारले नै पहिलो पटक संघीयता कार्यान्वयन गर्नुपरेको, असन्तुलित पराष्ट्र नितीलाई ट्रयाकमा ल्याउनु परेको कारण समय लागेको स्थायी समिति सदस्य पौडेलको थियो । पहिले जस्तो भारत र चीन तथा युरोप , अमेरिका समेत अहिलेको सरकारलाई असहयोग गर्ने अवस्थामा नरहेका कारण शक्ति सन्तुलन मिलाउन सके देशमा धेरै काम गर्न सकिने उनको भनाई थियो । उनले सरकारले दृढ इच्छाशक्ति सहित काम गर्न सुझाब पनि दिए । ‘सरकारले करको दायरा तथा बैदेशिक सहायता बढाएर जन अपेक्षा अनुसारका काम गर्नुपर्छ।’ उनले भने ‘जनतालाई आवश्यकताको बारेमा राम्रोसंग बुझाउन सक्दा राज्यप्रति नकारात्मक धारणा बन्दैन, मुलुक सम्बृद्ध बनाउन सबैले सहयोग गर्छन।’
पछिल्लो समयमा केही बलात्कार तथा हत्या जस्ता घटनाहरुका कारण सरकार असफल भयो भनेर बिपक्षीले आफ्नो उपस्थिति मात्र देखाउन खोजेको बताउँदै स्थायी समिति सदस्य पौडेलले सरकार र बिपक्षी समेतले अपराधीहरुको पहिचान र काबार्ही गर्ने कुरामा एक जुट भएर अघि बढ्न आवश्यक छ भने ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले‘नाम’ उपन्यासले जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो पहिचान र उद्देश्यमा नडगमगाउने मान्छे सफल हुन्छ भन्ने सन्देश दिएको बताउँदै नामका लागि दामका पछाडी लाग्न हुँदैन भन्ने धारणा राखे । ‘मैले मेरो जीवन संग पनि यो उपन्यास मेल खाएको अनुभव गरे’ उनले भने ‘संघर्या गरेर राजनितीमा लाग्ने जो कोहीले पनि आफुँलाइ उपन्यासमा भेट्छन’
सर्जक तथा पत्रकार नबराज बरालले उपन्यासले नेपाली राजनितीको बिषय उठान गरेपनि हाम्रो समाजका पात्र र प्रबृत्तिहरुलाई पस्कने काम गरेका कारण पाठकले रुचाएको धारणा राखे । उपन्यास माथि नेपाली भाषा शिक्षा परिषद पर्वतका अध्यक्ष आनन्द रिमालले टिप्पणी गरेका थिए ।











प्रतिक्रिया