भक्तपुर ।
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर सर्वसत्तावाद चलाउन खोजेको बताउनुभएको छ । प्रेस युनियन भक्तपुर शाखाको आठौं जिल्ला अधिवेशनको शनिवार उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले पूणरुपम सर्वसत्तावाद लागू गर्न खोजको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो, ‘ वर्तमान सरकारलाई ढुक्क भएर पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ तर सरकारको कमजोरी कडा आलोचना गर्नुपर्छ ।
प्रधानमन्त्री र मन्त्रीहरू आफैंले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएपछि मात्र कर्मचारीलाई भ्रष्टाचार नगर्ने भन्दै सरकारले सस्तो लोकप्रियता देखाउन खोजको बताउनुभयो । सरकारको कार्यशैलीका कारण मानव अधिकार, लोकतन्त्र र स्वतन्त्र पत्रकारीतामा माथि चुनौति थपिएको डा. कोइरालाले आरोप लगाउनुभयो ।
उहाँले काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको अब काँग्रेस बलियो हुनुपर्ने चर्चा गर्दै पार्टी सभापतिकाका कारण काँग्रेस कमजोर हुँदै गएको स्पष्ट पार्नुभयो । ्पार्टीभित्र सभापति बलियो हुनु नपर्ने उल्लेख गर्दै उहाँले प्रदेश राजधानी तोक्ने सवालमा काँग्रेसको समान धारणा बाहिर आउन नसकेको बताउनुभयो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले सरकारको कमजोरीप्रति काँग्रेसले कडा प्रतिवाद गर्न नसक्दा लोकतन्त्र फष्टाउन नसक्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले कार्यक्रममा प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, न्यूनत्तम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रेस युनियनका सल्लाकार करिब राणा र शिव लम्साल लगायतले आआफ्नो विचार व्यक्त गर्नुभयो ।











प्रतिक्रिया