गैरसरकारी संस्थाहरु राज्यका सहयोगी र नागरिकका साथि बन्नु पर्छ

0
Shares

धनवीर दाहाल, रुकुम ।
राष्ट्रिय सभाका सांसद ठगेन्द्रप्रकाश पुरीले गैरसरकारी संस्थाहरु राज्यका सहयोगी र नागरिकका साथी बन्नु पर्ने बताउनुभएको छ । नागरिक समाजको भुमिकामा गैरसरकारी संस्थाहरु हुनु पर्ने र जहिले पनि जनताको साथी बनेर राज्यलाई सहयोग गर्नुपर्नेमा उहाँको भनाई छ ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालको १८ औं बार्षिक साधारण सभालाई उद्घाटन गर्दै सांसद पुरीले आवाज बिहिनका आवाज बनेर राज्यलाई सहगोग गर्न सबै गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य खेममान खड्काले मानवअधिकार, सामाजिक न्याय र सुशासनका पक्षमा अझै पनि काम गर्नमा हरप्लेसको आवश्यकता रहेको बताउनुभयो । हरप्लेस नेपालले कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान र प्रदेश नं ५ को रोल्पा, प्युठान,दाङ, बाँके,बर्दिया लगाएतका जिल्लामा मानवअधिकार, सामाजिक न्याय, सुशासन, क्षेत्रमा काम गरिरहेको छ ।

रुकुम जिल्लामा १८ बर्ष अघि सशस्त्र द्धन्द्धको बेला स्थापना भएको संस्थाले नेपालगंजमा १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ललितबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सुनिता बिएमले स्वागत गर्नुभएको थियो । सांगठनिक प्रतिबेदन अध्यक्ष बुढा, आर्थिक प्रतिबेदन कोषाध्यक्ष उत्तम खड्का, संस्थाको प्रगति प्रतिबेदन कार्यकारी निर्देशक टोपबहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।

रुकुम, रोल्पा, प्युठान,दाङ, बाँके,बर्दिया बर्दिया लगाएतका जिल्लाबाट साधारण सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव धनवीर दाहालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका ३ जना कर्मचारी सुरेन्द्र खत्री रुकुम, पम्फा पन्त प्युठान र कमला बुढा रुकुमलाई सम्मान गरिएको थियो । यसै गरी रुकुमको मुसिकोट नगरपालिका १ सल्लेमा निर्माण गरिएको शान्ति स्मारकको लागी जग्गा प्रदान गर्नुहुने कर्णबहादुर बोहरालाई सम्मान गरिएको थियो ।