मंसिरमा छैटौें अन्तर लायन्स फुटवल प्रतियोगिता हुने


नेपाल समाचारपत्र, पोखरा ।

लायन्स क्लबस् अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको लायन्स क्लव अफ पोखरा पिस सिटीले मंसिरमा छैटौं अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।
मानविय सेवा नै सवोत्कृष्ट सेवा हो, हामी सेवा गर्छौ भन्ने पवित्र उद्देश्यका साथ सन २०१२ मा स्थापित लायन्स क्लव अफ पोखरा पिस सिटीले आफ्नो स्थापनाको समयदेखि नैं विभिन्न लायन्स क्लवहरु विचको आपसी भाईचारा एवं सम्वन्ध प्रगाढ गर्नका लागि ूस्पोर्ट फर फेलोशिपू भन्ने मुल नाराका साथ अन्तर लायन्स फुटवल प्रतियोगिता गर्दै आएको छ ।

नेपालको लायन्स ईतिहासमा पहिलो पटक आयोजित प्रथम अन्तर लायन्स फुटवल प्रतियोगिता २०१२ को सफल आयोजना पछि क्लबले छैटौं संस्करणको रुपमा २०७५ मंसिर ६ देखि ९ गतेसम्म छैटौं अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७५ सञ्चालन गर्न गैरहेको कार्यक्रमका संयोजक क्लबका पुर्व अध्यक्ष टंकराज अधिकारीले जानकारी दिएका छन् ।

लायन्स क्लबस् अन्र्तराष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्र्तगत ४ वटंै डिष्ट्रिक्टका करीव १ हजार क्लब मध्येबाट करीव ६० वटा लायन्स क्लवहरुको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा खुला तर्फ प्रथम पुरस्कार ३५ हजार ५ सय ५५, दोस्रो पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैया नगद, अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार सहित, मेडल र प्रमाण–पत्र रहेको क्लबका अध्यक्ष हरिराम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सम्पनन गर्नका लागि क्लबका पर्व अध्यक्ष टंकराज अधिकारीको संयोजकत्वमा बिभिन्न १९ वटा उपसमिति गठन गरिएको छ । जस अन्र्तगत अनुशासन एवं निर्णायक उप–समिति संयोजकमा सुदीपराज ढुंगाना, अनुगमन संयोजक प्रशान्तराज धमला, अतिथि सत्कार संयोजक ख्याम नारायण काफ्ल,सुरक्षा ब्यवस् जिवन ढुंगाना, मैदान ब्यवस्थापन÷पर्किङ ब्यवस्थापन उप–समिति संयोजक किशोर मोहन भट्टराई÷महेन्द्र पण्डित रहेका छन् ।

त्यस्तै गरि, टिम ब्यवस्थापन एवं दर्ता उप–समितिमा अर्जुन सिग्देल, ब्यानर तथा बिज्ञापन उप–समितिमा तिर्थराज सुवेदी÷राजेश रानाभाट, सचिवालय ब्यवस्थापन उप–समितिमा ई हरिप्रसाद अधिकारी/डम्बरराज ढकाल, आर्थिक उप–समिति, ज्ञानेन्द्र बहादुर थापा, मेडल, ट्रफ्री तथा प्रमाण–पत्रमा दिपेन्द्र चालिसे/बलराम के सी, प्रायोजक ब्यवस्थापनमा ई राजेन्द्र ढकाल, खाजा, भोजन तथा कुपनमा पुष्पराज पौडेल÷ढाकाराम अधिकारी, खेलाडी ब्यवस्थापनमा शैलेष रायमाझी/प्रमोद ओझा, स्टेज तथा मुलद्धार ब्यवस्थापनमा लोकेन्द्र अर्याल÷बिल बहादुर भुजेल, प्रकासन तथा छपाइमा लोकनाथ अधिकारी, प्रचार प्रसार समितिमा कृष्ण आचार्य/सुर्य बिष्ट, प्राथमिक उपचार समितिमा संयोजकः डा. असिम सुवेदी/दिवस कुवर, आवास उप–समिति संयोजकमा युवराज खनाल र सरसफाई उप–समिति संयोजकमा निर्मल प्रसाद बास्तोला रहेका छन् ।

लायन्स क्लवहरु विचको आपसी भाईचारा एवं सम्वन्ध प्रगाढ गर्नका लागि आयोजित प्रतियोगिताबाट बचेको रकम यस बर्षका डिष्ट्रिक्ट गर्भनरको नारा लिभिङ वाई गिभिङ ‘दिएर बाँचौ’ लाई ह्दयगम गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा खर्च गर्नेका साथै पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरी चिनाउने प्रयास गर्नु रहेको क्लबका अध्यक्ष पराजुलीले बताएका छन ।