गृहमा दशैं खर्च माग्नेको भीड, ५ हजार निवेदन 


काठमाडौं  । आर्थिक सहायता माग गर्दै गृह मन्त्रालयमा ५ हजार निवेदन परेको छ । सहायता माग्नेमा सत्तारुढ दलका नेता–कार्यकर्ता बढी छज् ।

सरकारले हरेक वर्ष दसैँअघि ‘विपन्न नागरिकलाई आर्थिक सहायता’को नाममा आफ्ना कार्यकर्तालाई लाखौँ पैसा बाँड्ने चलन नै बनेको छ । विगतको नजिर देखाउँदै यसपटक पनि सत्तारुढ दलका नेता–कार्यकर्ता लबिङमा लागेका हुन् ।

सहयोग रकम माग्दै मन्त्रालयमा सत्तारुढ दलका नेता–कार्यकर्ताको भिड नै लाग्ने गरेको गृहका एक अधिकारीले बताए । करिब ५ हजार निवेदन परिसकेको उनले जानकारी दिए ।

हरेक वर्ष दसैँको मुखमा विपन्न नागरिकलाई आर्थिक सहायताको नाममा कार्यकर्तालाई लाखौँ पैसा बाँड्ने गरिएको छ । विगतको नजिर देखाउँदै यसपटक पनि गृहमन्त्रीमाथि कार्यकर्ताले दबाब दिएका छन् ।

नेता र कार्यकर्ताबाट आर्थिक सहायताका लागि दबाब बढे पनि गृहले यसमा निर्णय गरेको छैन । गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले ठूलो संख्यामा आर्थिक सहायताका लागि सचिवालयमा निवेदन आएको बताए । तर, कुनै निर्णय नभएको बताए । मापदण्ड बनेपछि मात्र निर्णय हुने उनको भनाइ छ ।

केही पहुँचवाला व्यक्तिहरुले भने सिधैं मन्त्रिपरिषद्बाट पास गरी सुविधा लिदै आएका छन् ।