चिनिया चर्चित अभिनेत्री फानलाई करोडौं डलर जरिवाना


बेइजिंग,(एजेन्सी)
चीन सरकारले चिनिया चर्चित मेघा स्टार फान विंगविंगलाई कर छलेको रअन्य अपराधका लागि करिव १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना गएिको बुधवार जनाएको छ । गत जुलाईमा अचानक वेपत्ता भएकी उनले सामाजिक संजाल मार्फ आफ्नो प्रशंसकहरुसंग सार्वजनिक रुपमा आफ्ना ेकार्य प्रति माफी मागेकी छिन् ।

चीनको सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री मध्ये एक फानले यदि समयमै तोकिएको जरिवाना रकम भुक्तान गरेको खण्डमा उनलाई अन्य अपराधिक संजायबाट मुक्त गरिने चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएके छ ।

सेलेव्रटीहरुले कसरी आफ्नो कमाइ लुकाउँछन् भन्नेबारे सरकारले गरेको गम्भीर अनुसन्धानमा उनको नाम पनि मुछिएको हो । यस कार्यक लागि केहि महँगा कलाकारहरुले तथाकथित ‘ यिन याँग सम्झौता ’ प्रयोग गर्ने गरेको बताइएको छ ।

यस सम्झौता अनुसार कलाकारहरुको वास्तविक कमाइको परिमाण लुकाउन अर्थात कर अधिकारीहरुलाई छल्नका लागि दुईवटा कागजात तयार पार्ने गरिन्छ । अहिले सरकारी निकायले फान र उनका कम्पनीहरुलाई कर , जरिवाना र संजाय स्वरुप ठूलो परिमाणमा सकम भुक्तान गर्न आदेश दिएके हो । ‘ एक्स मेन ’ र ‘ आइरन म्यान ’ फिल्म फ्रन्चाइजमा देखापरेकी ३७ वर्षि फान गत १ जुलाइ देखि सार्वजनक स्थलमा देखा परेकी थिइनन् ।

उनी कहाँ होलिने भन्नेबारे जनताले नानाथरिका अडकलवाजी गरेका थिए । उनी कहाँछिन भन्ने वास्तविक तथ्य नखुलेपनि धेरैले उनलाई कुनै अज्ञात स्थलमा थुनरे राखिएको हुनपर्ने दावी गरेका थिए । बुधवार उनले सामाजिक संजाल वेइवो अकाउन्ट मार्फत करोडौं प्रशंसक समक्ष माफी माग्द ैआफ्नो कर्म प्रति आफु निकै लज्जित भएक ेबताएकी थिइन् ।

उनले आफ्नो गल्तीका लागि जुनुसुकै संजाय भोग्न पनि तयार रहेको बताएकी छिन् । उनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा गर्दै भनेकी छिन् , ‘ पार्टी र सरकारको असल नीतिहरु र चिनिया जनताका ेमाया बिना फान विंगविंगको कुनै अस्तित्व नै हुन्न ।