आक्रमणकारीको गोली लागेर प्रहरीको मृत्यु


वासिंगटन,(एजेन्स्ी)
अमेरिकाको साउथ क्यारोलिनामा सातजना प्रहरी माथि गोली प्रहार भएके र ति मध्ये एकजनाको ज्यान गएके सरकारी अधिकारीहरुले बताएका छन् । फ्लोरेन्स शहरका प्रहरीहरु एकजना बन्दुकधारीद्वारा बन्धक बनाइएका बालबालिकाहरुलाई मुक्त बनाउने प्रयासमा गोलीको शिकार भएका हुन् ।

दुईघन्टा सम्म बालबालिकालाई कब्जामा लिएर बसेका ति व्यक्तिले अन्तत आतमसमर्पण गरेपछि उनलाई अस्पताल पु¥याइएको थियोे । ति व्यक्तिको परिचय खुलाइएको छैन भने उनको उद्देश्य पनि स्पष्ट हुन सकेको छैन ।
प्रहरीले सम्पुर्ण बालबालिका सशकुशल रहेको बताएको छ । पत्रकार सम्मेलनमा फ्लोरेन्स काउन्टिका सेरिफ केन्नी बुनेले यस घटनामा काउन्टि सेरिफका तीनजना डिपुटी र चारजना फ्लोरेन्स प्रहरी अधिकारी गोली लागेर घाइते भएके जानकासी दिएका छन् ।

काउन्टि सेरिफको सहयोगका लागि प्रहरी घटनास्थलमा पुगेका थिए । स्थानिय संचार माध्यमले ५२ वर्षिय प्रहरी अधिकृत टेर्रेन्नस क्यार्रावेको गोलीका ेचोटको कारण ज्यान गएको जनाएको छ ।

प्रहरीहरुलाई ति बन्दुकधारीको गोली हान्ने कुशलताको ज्ञान नभएको कारण यो अप्रिय घटना घटेको बताइएको छ । सन् २०१७ मा अमेरिकाका विभिन्न राज्यमा गोली लागेर १५ हजार जना भन्दा बढि व्यक्तिको ज्यान गएको छ ।