अमेरिकाको सैन्य सहयोग बिना साउदी नरेश दुई हप्ता पनि पदमा रहन्न: ट्रम्प


दुबइ (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका नरेस अमेरिकी सैन्य सहयोग बिना सम्भवत दुई हप्तापनि पदमा रहन नसक्ने बताएकाछन् । तेलको बढ्दो मुल्यलाई लिएर पश्चिमी एसियामा अमेरिकाको सबैभन्दा नजिकका सहयोगीमध्यका एक साउदी अरेबियामाथि दबाव बढाउन ट्रम्पको उक्त टिप्पणी आएको हो ।

कच्चा तेलको मुल्य विगत चार बर्ष यताकै सबैभन्दा उच्च स्तरमा पुगेपछि डोनाल्ड ट्रम्पले तेल उत्पादक देशका संगठन ओपेक र साउदी अरेबियासँग उक्त मुल्य कम गर्न पटक पटक माग गरेका छन् ।

यद्यपी विश्लेषकहरुले विश्वको उत्पादन पहिलाको भन्दा बढेकोले तेलको मुल्य प्रति ब्यारेल १ सय डलर सम्म पुग्न सक्ने चेतावनी दिएका छन् । यसबीच इरानको तेल उद्योगमाथि ट्रम्पको प्रतिबन्ध नोभेम्बर देखि लागु हुने छ ।

राष्टपति चुनावका क्रममा ट्रम्पले अमेरिकी सहयोगीहरुलाई लामो समय देखि दिँदै आइरहेको सैन्य सहायताको तिखो आलोचना गरेका थिए । उक्त टिप्पणीपछि ट्रम्पले आफनो पुरोनो अडानमा फर्कन लागेको संकेत देखाएको छ । मिसिसिपीमा ट्रम्पले आफनो भाषणमा जापान र दक्षिण कोरियाको पनि उल्लेख गरे । साउदी अरेबियामाथि ट्रम्पले जुन टिप्पणी गरेको हो त्यो त्यहाँका राजा अल साउद प्रति लक्षित छ ।

हामी साउदी अरेबियाको रक्षा गर्छौं , के तपाई उनीहरु धनी छन भन्नु हुन्छ, ट्रम्पले एक सभालाई गरेको सम्बोधनमा भने ।

उनले भने– म शाह सलमानलाई अत्यन्त मनपराउँछु तर मैले भेनेको छु, शाह, हामी तपाईलाई सुरक्षा दिइरहेका छौं । हामी बिना तपाई सायद दुई हत्पा पनि पदमा बसिरहन सक्नु हुन्न । तपाईले आफनो सेनाका लागि लगानी गर्नु पर्ने छ ।

यद्यपी ट्रम्पले ८२ बर्षिय नरेशका अगाडी उक्त टिप्पणी कहिल्य गरेको थियो भन्ने विषयमा स्पष्ट पारेको छैन । साउदी अरेबियाले ट्रम्पको टिप्पणीमा बुधबारसम्म कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्प र नरेशबी अन्तिम वार्ता शनिकार टेलिफोनमा भएको थियो । उक्त वार्तामा दुईबीच तेल र विश्व बजारमा स्थायित्व बनाइ राख्नका लागि कच्चा तेलको आपुर्ती कायम राख्ने विषयमा छलफल भएको थियो ।

साउदी अरेबिया विगत केहि समयदेखि ट्रम्पसँग राम्रो सम्बन्धमा काम गरिरहेका छन् । तर अब तेलको बढ्दो मुल्य यसको बीचमा आइरहेको छ । ब्रेन्ट कच्चा तेलको मुल्य ८५ डरल प्रति ब्यारेलसम्म पुगेको छ ।

चार बर्षमा यो सर्वाधिक मुल्य हो । ट्रम्पले जुलाइमा साउदी अरेबियाले २० लाख ब्यारेल सम्म तेल उत्पादन बढाउन सक्ने ट्विट गरेका थिए । अहिले साउदी अरेबिया दैनिक १ करोड ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको छ ।

साउदीको किर्तिमान १ करोड ७ लाख २० हजार ब्यारेल कच्चा तेल उत्पादन रहेको छ । यसै बीच अमेरिकामा पनि तेल तथा ग्यासको मुल्य बढिरहेको छ । नोभेम्बर ट्रम्प मध्यावधी चुनावको सामना गर्दैछ । गत हप्ता संयुक्त राष्ट्रमा दिएको भाषणमा ट्रम्पले तेल उत्पादक देश र उनीहरुको समुह ओपेकको आलोचना गरेका थिए । ट्रम्पले तेलको मुल्य बृद्धीका लागि उनीहरु जिम्मेवार भएको आरोप लगाएका थिए ।