आम्सटर्डम्स,(एजेन्स्ी)
डच सुरक्षा सेवाहरुले विहिवार आफुहरुले विश्वव्यापि रसायनिक हतियारको निरानी राख्ने निकायमाथि लक्षित गर्दै साइवर आक्रमण गर्ने योजनामा रहेका चारजना रुसी नागरिकलार्ए देश निकाला गरेको जनाएको छ ।
गत अप्रिलमा हेग स्थित रसायनिक हातहतियार प्रतिवन्धका लागि संगठन ( ओपिसीडब्ल्यु ) माथि रसियाको जिआरयु सैनिक गुप्तचरबाट सो आक्रमणको लक्ष राखिएको बताइएको छ ।
ओपिसिडब्ल्युले वेलायतको सालिसवरीमा एकजना रुसी पुर्व गुप्तचर अधिकारी र उनकी पुत्रीमाथि भएको नर्भ एजेन्ट आक्रमणबारे अनुसनधान गदै आइरहेको छ । रुस माथि विश्वका विभिन्न स्थानमा संगठित रुपमा साइवर आक्रमण गर्दै आएको आरोप लाग्ने गरेको छ ।
यस विषयमा बयान दिनका लागि डच सरकारले नेडरल्यान्डका लागि रुसी राजदुतलाई अनुरोध गरेको छ । डच रक्षामन्त्री आन्क बिज्लेभेल्द स्कोतेनले रसियाको यस्तो कार्यहरुको रहश्योदघाटन भइसकेपछि आइन्दा रसियाले यस्तो काम दोहराउन नहुने बताएका छन् ।
वेलायती विदेश मन्त्री जेरेमी हन्टले आफ्नो गठबन्धनसंग मिलेर रसिया माथि थप नाकावन्दि लगाउनेबारे छलफल भइरहेको बताएका छन् । यस अघि नै वेलायत सरकारले जिआरयु माथि उच्च स्तरको साइवर आक्रमण गरेको अभियोग लगाएको थियो । जिआरयु माथि रसिया र युक्रेनका विभिन्न कम्पनी , अमेरिकी डेमोक्रेटिक पार्टी र वेलायतको एउटा सानो टेलिभिजन नेटवर्कमा आक्रमण गरेको आरोप लागेको थियो ।
प्रतिक्रिया