पाल्पा ।
यही आउदो असोज २५ गते देखि पाल्पा –पोखरा पर्यटकीय बस सञ्चालनहुने भएको छ ।
पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सन्जोग ट्राभल्सले असोज २५ गतेदेखि पाल्पा पोखरा पर्यटकीय बस सञ्चालन गर्ने भएको हो । तानसेन नगरपालिकामा आयोजित सरोकारवालाको बैठकले प्रतिव्यक्ति ६ सय रुपैंया भाडादरमा पर्यटकीय बस चलाउने निर्णय गरेको छ । बस दुबैतिरबाट विहान ८ बजे छुट्नेछ ।
सहमती पछि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाल्पापोखरा पर्यटकीय बस सञ्चालनले तानसेनको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेवा गरेर सन्तुष्टी लिने पोखरामा बस्ने पाल्पालीले झैं सबै क्षेत्रमा बस्नेले जन्मथलो संझेर यस्तो रचनात्मक कार्य गरुन् भन्ने कामना गर्नुभयो ।
पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जनप्रतिनिधिले काम गरेनन् भनेर टिप्पणी गर्नु भन्दा सबैले निस्वार्थ र सेवा भावनाले जिल्लाको विकासमा काम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष घिमिरेले जिल्लाको विकासमाजिल्लाबाहिर बस्ने पाल्पालीको यो संझना हो भनेर बुझ्न आग्रह गर्नुभयो ।
प्रत्येक यात्रीलाई १ बोत्तलपानी, बदामसहितको सेवादिने तानसेन नगरपालिका र सन्जोग ट्राभल्सबीच सहमती भएको छ । ट्राभल्सकाव् यवस्थापक बसन्त बासकोटाले ३१ सिट भएको वातानुकुलित डिलक्स बस चलाउने बताउनुभयो । उहाँले गाडी बीचबिचमा नरोकिने, दक्ष चालक र परिचालकले सेवादिने जानकारी दिनुभयो ।
कार्यक्रममा राजनीतिक दल, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, नागरिक समाजले बस निरन्तर हुनुपर्ने र स्तरीय सेवा हुनुपर्ने विचार व्यक्त गरेका छन् । कार्य नगर प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा भएको थियो ।











प्रतिक्रिया