ललितपुर ।
ललितपुर महानगरपालिका प्रहरी वृत चापागाँउका डिएसपी राजकुमार खिउजुले ईलाका प्रहरी कार्यालय टंगोल छोडेर हिडेका प्रहरीहरुको बर्दी थुनामा थुनेर राखेका छन् ।
बलात्कारीलाई भगाएको भन्दै हाज स्थानीयले इप्रका घेराबन्दी गरेपछि ७÷८ जनाको संख्यामा रहेका प्रहरीहरु सबैको आँखा छलेर विशेष परिस्थितिले चौकीबाट फरार भएकाले उनीहरुलाई कार्वाही गरिने डिएसपी खिउजुले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
‘फरार भएको उक्त केटालाई हामी जसरी पनि समात्छौँ’ । छानविन गरेर प्रहरीमाथि पनि कार्वाही हुनेछ डिएसपी खिउजुले बताउनुभयो ।
फरार रहेका बलात्कारका आराेपी गएराति जिल्लाको महाकाली गाउँपालिकाकी १३ वर्षिय बालिका माथि जवर्जस्तीको प्रयास गर्न लागेको अवस्थामा बालिकाका आमा बाबुले रंगेहात देखेपछि फेला पारेका थिए तर उनी त्यहाँबाट भागेका थिए तर स्थानीयले नियन्त्रणमा लिएर आज बिहान ४ बजे ईलाका प्रहरी कार्यालय टंगोलमा बुझाएका थिए ।
फरार रहेका युवकको पूर्ण रुपमा पहिचान हुन नसकेको भएपनि नजिकै घर बनाउने ठाँउमा कामदार भएको बुझिएको प्रहरीले समाचारपत्रलाई जनाएको छ ।
बिहान करिब ९ बजे दोषीलाई कारवाहीको माग गर्दै जनप्रतिनिधी र स्थानीय प्रहरी चौकी पुगेका थिए । प्रहरीले जनप्रतिनिधि, स्थानीयसंग छलफल गरिरहेको अवस्थामा प्रहरी चौकीभित्रै रहेका ति युवक पछाडि झ्यालबाट भागेका थिए । तर स्थानीयले भने प्रहरीकै मिलेमतोमा अभियुक्त भगाइएको आरोप लगाएका छन् ।











प्रतिक्रिया