नेपाल समाचारपत्र, ललितपुर ।
पाटन दरबार क्षेत्रमा भोलि शुक्रबार नेपाल चीन मेला हुने भएको छ ।
अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन सो मेला गर्न लागेको विहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।दरबार क्षेत्रस्थित ऐतिहासिक ढुंगेधाराको अगाडि र भण्डारखाल बगै“चामा मेला हुनेछ ।
दुई देशको संस्कृति र व्यापारको माध्यमबाट जनस्तरको सम्बन्ध प्रगाढ बनाउने मेलाको मुख्य उद्देश्य रहेको समाजका अध्यक्ष अजरमान जोशीले पत्रकार भेटघाटमा बताउनुभयो । ‘चीनिया र नेपालका जनताबीचको अन्तक्रियालाई बढाउन मेलाले टेवा पु¥याउने छ ।’ ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जोशीले भन्नुभयो ।
‘मेलामा नेपाली उत्पादित सामग्रीको प्रर्वद्धनसंगै दुई देशको संस्कृति, संगीत, उत्पादित सामग्री, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान गर्न सकिने छ ।’ अध्यक्ष जोशीले भन्नुभयो । मेलामा समय मिलाएर लाखे नाच, चर्या नृत्य देखाईने छ । मेलालाई संस्कृति र व्यापारको केन्द्रविन्दु भनिएको छ ।
मेलामा १ सय वटा स्टल मध्ये चीनमा उत्पादित सामग्रीको ६० वटा स्टल रहने छ । त्यसमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेको छ । ‘मेलामा चीनको सहभागितालाई नेपालको संस्कृति र व्यवसाय प्रर्वद्धनमा चीन सरकारको झै चिनिया जनताको सहभागिता र सहकार्यको प्रतीक हो। नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकला लगायत विभिन्न घरायसी सामग्रीको स्टल रहने छ ।
’नेपाल चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले बताउनुभयो । ‘हाम्रो सहभागितालाई चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर) बाट नेपालले पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनका लागि प्रेरित गर्ने छ। ’ अध्यक्ष ली प्वोले भन्नुभयो ।
दुई देशका जनताबीचको आपसी लाभ पुग्ने दिशामा मेलाले ठोस टेवा पु¥याउने समाजका महासचिव सुरेशमान महर्जनको भनाई रहेको छ ।सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले यस्ता मेलालाई स्थानीय तहले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
मेलामा लुभुको टेक्सटायल उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाइएको आकर्षक पहिरनका विभिन्न डिजाईन देखाउन ‘फेसन शो’ हुने छ ।मेला अवधिभर सा“झमा नेपालीको मौलिक नृत्य, चर्या नृत्य र लोकप्रिय आधुनिक र सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिने छ । मेला पा“च दिनसम्म चल्ने छ । मेलाको दुई लाख भन्दा बढीले अवलोकन गर्ने समाजको दाबी रहेको छ ।











प्रतिक्रिया