हेटौंडा ।
२०६४ असार २५ गते जिल्ला अदालत मकवानपुरको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा ७ वर्ष कैद सजाय तोकी फरार रहेका मकवानपुरको थाहानगर–४ बस्ने वर्ष ४९ का रामबहादुर थिङ पक्राउपछि जेल चलान भएका छन् ।
उनलाई विशेष सूचनाको आधारमा बुधबार विहान करिब पौने ११ बजे इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले थाहानगर–४, रुक्सेबाट पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएका उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदीमा पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया